Connect with us
Kapilvast Forest

आइफा रोक्न निर्देशन

२०७६, १८ असार बुधबारमा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना गर्ने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह रोक्न निर्देशन दिएको छ ।

समितिले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डका अधिकारीलाई समेत बोलाएर आइफाबारे बहस चलाएपछि आइफा अवार्ड राष्ट्रिय हित प्रतिकुल रहेको भन्दै रोक्न निर्देशन दिएको हो ।

मन्त्रालय र बोर्डका अधिकारीले बैठकमा दिएको सूचना तथा पर्यटन बोर्डले उपलब्ध गराएको आयोजनाको सम्झौता मस्यौदा हेर्दा आइफा अवार्ड नेपाल सरकारले गरिरहनु औचित्यपूर्ण नदेखिएको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

आइफा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj