Connect with us
Kapilvast Forest

उमरी डाँडामा शिवगढी बालक्लबद्धारा वृक्षारोपण

२०७६, २७ असार शुक्रबारमा प्रकाशित

 अनिल अधिकारी ,चन्द्रौटा(कपिलवस्तु), २६असार ।
कपिलवस्तुको शिवराज नगरपालिका १, स्थित उमरी डाँडा पार्कमा वृक्षारोपण गरिएको छ । शिवगढी इ. स्कूलमा गठित शिवगढी बालक्लबका बालबालिकाहरुले वृक्षारोपण गरेका हुन् ।

“स्वच्छ वातावरण स्वस्थ जीवन, हरियाली प्रवद्र्धन हाम्रो अभियान” भन्ने मूल नारालाई साकार पार्न विरुवा रोपिएको बालक्लब अध्यक्ष जीवनमाया रोकाले बताइन् । कार्यक्रमका बीच अशोक जातको २सय २० बिरुवा रोपिएको अध्यक्ष रोकाले बताएकी छन् । एकीकृत सुरही सामुदायिक वनले पार्कको रुपमा संरक्षण गरेको क्षेत्रमा बालक्लबद्वारा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा सहायक वन अधिकृत प्रेमशंकर गुप्ताले पर्यावरण संरक्षणका लागि २०७६ लाई वृक्षारोपण वर्षको रुपमा मनाइरहेको बताए । उनले वृक्षारोपण वर्षलाई सफल बनाउन सबैले एक व्यक्ति एक वृक्षारोपणको अभियान संचालन गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा एकीकृत सुरही सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गुणानिधी घिमिरेले आफूहरुको अभियानमा सहयोग पु¥याएकोमा शिवगढी टिमप्रति आभार प्रकट गरे । उनले स्वच्छ वातावरण संरक्षणका लागि वृक्षारोपण आवश्यक रहेको बताए । कार्यक्रममा रोटरी क्लब अफ कपिलवस्तुका चार्टर प्रेसिडेन्ट टोपलाल पोखरेल, नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरका क्याम्पस प्रमुख हेमराज शर्मा, शिवगढी इ. स्कूलका प्रिन्सिपल तोयानाथ गैरे, रोट्याक्ट कपिलवस्तुका अध्यक्ष सुनिल गैरे लगायतको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj