Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगंजमा ३ महिने सिलाई कटाई तालिम समापन 

२०७६, ३१ असार मंगलवारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु असार ३१।

कपिलवस्तुको महाराजगंज नगरपालिकामा ३ महिने महिला लक्षित सिलाई कटाई तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । आई एन एफ नेपालको आर्थिक सहयोगमा गत बैशाख संचालन भएको तालिमको आज समापन गरिएको हो ।
उक्त समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुुख अतिथि तथा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले तालिममा सिकेको सिपलाई व्यवसाय थालेर जिविकोर्पाजनको पाटो बनाउन अनुरोध गरे । आगामि आर्थिक वर्षमा बजेट बिनियोजन गरेर बिभिन्न किसीमका तालिमको लागि तालिम केन्द्रको स्थापना गर्ने पनि नगर प्रमुख कलामको भनाई थियो ।

यस्तै कार्यक्रममा महाराजगंज नगरपालिका ९ का वडाध्यक्ष उदयराज चौधरीले यस्ता खालका सिपले गर्दा महिला आत्मनिर्भर हुदै गएको बताए । अहिले समयले कोल्टे फेरि सकेको र यो अवस्थामा हरेक महिलाको हातमा केही न केही सीप हुन आवश्यक रहेको वडा नं ७ का वडा अध्यक्ष अब्दुल समादले बताउनु भयो ।
उक्त तालिममा महाराजगंज नगरपालिका वडा नं ४, ८, ७ र ९ का गरि जम्मा ४४ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागि सबै जनालाई एक÷एक ओटा कपडा सिलाउने मेसिन र कैचि पनि बितरण गरिएको आइएनएफ नेपालका टिम लिडर मिरा गुरुङले जनाकारी दिनु भयो ।
कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट आफ्नो धारणा राख्दै प्रशिक्षार्थी सबरुननिशाले मुसलमानले तालिममा सिलाई कटाई सम्बन्धिका धेरै कुरा सिक्न पाएकोमा खुसी ब्यक्त गर्दै सिकेको सिपलाई घरमा गएर सदुपयोग गर्ने प्रतिबद्धतना जनाईन ।
सहभागीहरुले निकै उत्सुक्ता र मेहिनतका साथ यो तीन महिनाको तालिम सफल्तापूर्वक पुरा गरेको थिए । महिलाहरुको क्षमता तथा सीप अभिबृद्धि गर्ने यो तालिमको मुख्य उद्देश्य रहेको थियो । सहभागीहरु सबैको मुहारमा निकै उल्लाश र खुशी देखिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu