एक सय पच्चीस घण्टासम्म पढेर गिनिज बुकमा नाम लेखाउँदै मुकेश
काठमाडौं । बझाङका मुकेशराज जोशीले प्रतिष्ठित तथा सफल व्यक्तित्व र विभिन्न ईतिहासका किताबहरु लगातार १२५ घण्टासम्म पढेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारी पूरा भएको बताउनुभएको छ ।
रेकर्डका लागि स्विकृति पाईसकेका जोशीले आगामी भदौ २३ गतेबाट पढ्न सुरु गर्नुहुनेछ । यसअघि यो विधाको रेकर्ड नेपालकै दीपक शर्मा बजगाँईको नाममा रेकर्ड कायम रहेको थियो । बजगाँईले सन् २००८ मा लगातार ११३ घण्टा १५ मिनेट पढेर रेकर्ड राख्नुभएको थियो ।
कार्यक्रम सफलताको लागि विभिन्न देशमा छरिएर रहेका नेपालीहरुबाट हौसलास्वरुप केही रकमपनि प्राप्त भैसकेको आयोजक गिनिज ईभेन्ट्स नेपालले जनाएको छ । यो बीचमा उहाँले नेपाल सरकारका विभिन्न मन्त्री तथा सांसदहरुलाई पनि भेटिसकेका छन् । र, उनीहरुले पनि जोशीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्