काठमाडौं । जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै गएको छ । सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ । वैज्ञानिकहरुले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन् । तीव्र औद्योगिकीकरणका कारण सन् १८५०देखि १९०० को अवधि अत्यधिक तातेको थियो । त्यसयता १ डिग्री सेल्सियस तापक्रम बढिसकेको छ ।
यसलाई वैज्ञानिकले अत्यन्त जोखिमपूर्ण मानेका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न नसके जलवायु परिवर्तनका घातक प्रभावबाट जोगिन नसकिने उनीहरुले औंल्याएका छन् ।
काठमाडौंको अवस्था के ?
काठमाडौंको १० वर्षको औसत तापक्रम जुलाईमा २२.५ डिग्री सेल्सियस छ । जनवरीमा ८ डिग्री सेल्सियस । यहाँको तापक्रम तीव्र गतिमा बढ्दो छ । त्यसलाई रोक्न पर्याप्त मेहनत पुगेमा पनि सन् २१०० जनवरीमा ९.५ र जुलाईमा २३.४ डिग्री पुग्ने प्रक्षेपण गरिएको छ । त्यसका लागि ग्रिनहाउस ग्यास उत्सर्जन बढाउनुपर्ने हुन्छ ।
निम्न–मध्य स्तरीय मेहनत भएमा जनवरीमा ४.१ र जुलाईमा २.८ सेल्सियस तापक्रम थपिनेछ ।, बीबीसीको सहयोगमा अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।