उडिरहेको जहाजमा पूर्व राज्यमन्त्री बेहोस भएपछि…
एयरहोस्टेज कृतिले ककपिटमा क्याप्टेन इर्साल उद्धिनलाई इन्टरनेटबाट खबर गरिन् । त्यसबेला को पाइलट सुमित शुक्लले जहाज उडाइरहेका थिए । यात्रुको अवस्था असामान्य रहेको रिर्पोटिङ गरेपछि जहाजको कमाण्ड पाइलट उद्धिनले समाले । १० वर्षदेखि बुद्ध एयरको जहाज उडाइरहेका उद्धिनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरमा खबर गरे । उनले यात्रु आपतकालीन अवस्थामा रहेकोले अवतरणमा प्राथमिकता दिन अनुरोध गरे । ‘मेडिकल एमर्जेन्स’ पनि मागे । बेहोस बिष्टलाई कार्डियो पल्मोनरी रिससिछेसन–सीपीआर (छाती थिचेर सास फर्काउने कार्य) गर्नुपर्ने भयो ।
जहाजभित्र कोही डाक्टर भए नभएको खोजी गरियो । जहाजभित्र डाक्टर कोही रहेनछन् । जहाजभित्र धन्न एक जना सीपीआर विधिबारे जानेका यात्रु रहेछन् । ती थिए, अभीनित कनौडिया । कनोडियाले बिष्टको छातीमा पम्प दिए । त्यसबेला जहाज नेपालगंज ६० माइल , भैरहवा ४५ माइल र काठमाडौं १ सय ३० माइलको दुरीमा रहेको देखियो । क्याप्टेनले जहाज काठमाडौं नल्याइ नेपालगंजतिर फर्काउने निर्णय लिइरहेका थिए । ५ मिनेट छातीमा पम्प दिएपछि बिष्ट होसमा आए । कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।