Connect with us
Kapilvast Forest

कपिलवस्तुमा गोमन सर्पको डसाइले एक बालकको ज्यान गयो

२०७६, २१ श्रावण मंगलवारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु साउन २१,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ चनईमा गोमन सर्पको डसाइले एक बालकको ज्यान गएको छ । चनईका शिव मंगल कोहारको ७ बर्षीय छोरा मनोज कोहारको गोमन सर्पको टोकाईले ज्यान गएको हो ।  राती सुतेको अवास्थामा गोमन सर्पले मनोजको खुट्टामा दुई ठाँउमा टोकेको वडा नं ४ का वडा अध्यक्ष सफिक अहमद मुसलमानले जानकारी दिनु भयो ।

तीन जना सगै सुतेको अवस्थामा मनोजलाई मात्र सर्पले टोकेको हो । सर्पले टोकेको थाहा पाएपछी कपिलवस्तुको गोरुसिगें स्थीत सर्पदंस उपचार केन्द्रमा लैजादै गर्दा बाटोमै मनोजको ज्यान गएको हो । गोमन सर्प घर नजिकै रहेको इटाको थुप्रोमा लुकेको अवास्थामा फेला पारी स्थानियले मारिदिएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu