Connect with us
Kapilvast Forest

संसदमा डा. भट्टराईको सिट कहाँ ?

२०७६, २२ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं । स्वतन्त्र हैसियतमा संसदमा प्रतिनिधित्व गरिरहेका गोरखा–२ का सांसद एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संसद्मा कहाँ सिट रहने भन्ने विषयले प्रवेश पाएको छ । स्वतन्त्र हैसियतमा सदनमा उपस्थित भएको उनले नेतृत्व गरेको तत्कालीन नयाँशक्ति पार्टी राष्ट्रिय दलको मान्यता पाएको संघीय समाजवादी फोरमसँग एकता भएपछि उनको संसदीय हैसियतको विषयमा प्रश्न उठको हो ।

मंगलबार प्रतिनिधिसभाको बैठक चलिरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले पार्टी एकता गरेर पनि प्रतिपक्षको सिटमा बसेको भन्दै डा. भट्टराईको बस्ने स्थान देखाइदिन सभामुखलाई आग्रह गरे ।

राष्ट्रिय दलको मान्यता पाएको पार्टीसँगको एकतापछि समाजवादी पार्टी गठन गरेका उनी पार्टीको अध्यक्षको हैसियतमा अघिल्लो साता सभामुख कृष्णबहादुर महराले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका थिए । बैठकमा सत्तापक्षको लाइनमा बसेका उनी मंगलबारको प्रतिनिधिसभा बैठकमा भने प्रतिपक्ष बस्ने सिटमा नै बसे । प्रतिनिधिसभामा विशेष समय लिएर सांसदहरूले बोलिरहेको समयमा सत्तापक्षका सांसद खतिवडाले बस्ने स्थान उपयुक्त भए÷नभएको बताउन भन्दै संसद्को ध्यानाकर्षण गराएका थिए ।

‘मैले सदनको नियमलाई ध्यानाकर्षण गर्न खोजेको हुँ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईजी, अहिले जहाँ बसिरहनुभएको छ । त्यहीँ नै सही हो वा संसद्ले व्यवस्थापन ठीक नगरेको हो ? या उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो ? ,’ सत्तापक्षका सांसद खतिवडाले भने, ‘यसकारण म सभामुखलाई के अनुरोध गर्न चाहन्छु भने पूर्वप्रधानमन्त्री भट्टराईज्यूलाई बस्ने उपयुक्त व्यवस्था गर्दै ठाउँ देखाइदिन पनि अनुरोध गर्छु ।’

यता, अघिल्लो साता राजधानीमा आयोजित कार्यक्रममा डा. भट्टराईले आफूसत्ता पक्षमै रहेको बताएका थिए । उनले कार्यक्रम भने, ‘धेरैले मलाई प्रतिपक्ष ठान्छन् तर वास्तवमा म सरकारमै छु । ’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu