कपिलवस्तुको विजयनगर गांउपालिकामा एक पुरुषद्धारा झुन्डीएर आत्महत्या ।।
नवराज पौडेल कपिलवस्तु
साउन २४ गते
कपिलवस्तुको विजयनगर गांउपालिकामा एक पुरुषले झुन्डीएर आत्महत्या गरेका छन । कपिलवस्तुको विजयनगर गांउपालिका वडा नं ४ जुलहीका चिन्का थारुका ५२ वर्षिय छोरा बानेश्वर थारुले आत्म हत्या गरेको पथ्थरदहिया प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक गोर्कण साहीले जानकारी दिनुभएको छ । ्विहान करिब करीब ८ सम्म आफ्नै घरमा नै रहेको र विहान १० बजेतिर घरका सदस्य कोही नभएको वेलामा घरको वलोमा झुन्डीएको अवस्थामा थारु मृत अवस्थामा फेला परेको बताइएको छ । दुवै आखां का ज्योति गुमाएका थारु मानसिक तनावले झुन्डिएको हुनसक्ने प्रहरीले अनुसन्धान गरेको छ । कृष्णनगर प्रहरी कार्यलयको अपराध अनुसन्धान टोली घटनास्थलमा पुगेपछि थारुलाई पोष्टमार्टमका लागी बहादुरगंज अस्पतालमा लगी पोष्टमाटम पछि पारिपारिक स्रोत लाई जिम्मा लगाइएको प्रहरीलाई उदृत गदै विजयनगर बाट हाम्रा सहकर्मी साथी हारुन खानले जानकारी भएको छ ।