Connect with us
Kapilvast Forest

बौद्ध विश्वविद्यालयमा विद्यार्थि परिषद पुर्नः गठन

२०७६, २७ श्रावण सोमबारमा प्रकाशित

भैरहवा, साउन २७ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पस, लुम्बिनीको विद्यार्थि परिषद पुर्न गठन भएको छ । आईतबार केन्द्रिय क्याम्पस लुम्बिनीको सभाहलमा सम्पन्न विद्यार्थिको भेलाले स्नाकोत्तर तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थि कमल रायमाझीको अध्यक्षतामा परिषद पुर्न गठन गरेको हो । जसको उपाध्यक्षमा जयकिशन अधिकारी, सचिवमा विपि गौतम, सहसचिवमा नरेश के.सी र कोषाध्यक्षमा मधु पाण्डे चयन भएका छन् । यसैगरी परिषदको सदस्यहरुमा जनार्धन लोध, सनिउल्ला धोबि, मोहन राना र सरस्वति बस्याल चयन भएका छन् ।

परिषदको विधानतः ९ सदस्य कार्यसमिती रहने व्यवस्था बमोजिम विद्यार्थिको भेलाले उक्त समिती सर्वसम्मत रुपमा चयन गरेको भेला आयोजक समितीका संयोजक सिद्धीचरण भट्टराईले बताए । भेलाले परिषदको संरक्षकमा क्याम्पस प्रमुख फणिन्द्र न्यौपाने र सल्लाहकारमा सिद्धिचरण भट्टराईलाई चयन गरेको छ । भेलाको अध्यक्षता गरेका भट्टराईले विद्यार्थि हकहित र विश्वविद्यालयको सर्वागिंण विकासकोलागी त्रिभूवन विश्वविद्यालयमा स्ववियु परिषदले खेल्ने भूमिका जस्तै लुम्बिनी बौद्ध विश्वविद्यालय, विद्यार्थि परिषदले भूमिका खेल्ने बताए ।

भेलामा विद्यार्थिहरुको तर्फबाट मन्तब्य राख्दै विद्यार्थि प्रकाश अर्यालले लुम्बिनी बौद्ध विश्विद्यालयको प्राज्ञिक स्तरलाई बढाउन तथा बौद्ध शिक्षाको प्रचार प्रसार, र बौद्ध अध्ययन अनुसन्धानको क्षेत्रमा र विद्यार्थिको सक्रिय र सकारात्मक सहभागीताकोलागी परिषद क्रियासील हुने बताए ।

नरेश के.सीको सञ्चालनमा सम्पन्न उक्त भेलामा क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले लुम्बिनी बौद्ध विश्वविद्यालयको चौतर्फी विकासकोलागी विद्यार्थिको तहबाट संस्थागत रुपमा विद्यार्थि परिषदले महत्वपुर्ण कार्य गर्ने विश्वास व्यक्त गरे । ०७३ सालमा पोमनारयण पौडेलको अध्यक्षतामा गठीत परिषद त्यसपछि पुर्नगठित हुन सकेको थिएन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu