Connect with us
Kapilvast Forest

पुष्पा छमछमीकाे टप ११ मा

२०७६, २८ श्रावण मंगलवारमा प्रकाशित

नेपाल स्वयंसेवक संघकाे सांस्कृतिक कला संगठन कि केन्द्रीय सदस्य पुष्पा छमछमीकाे टप ११ मा पुगिन अब सबैकाे अाशिर्वाद मागिछन। राष्ट्रियस्तरको नृत्य प्रतियोगिता ‘छमछमी’–४ को टप ११ जनामा बुटवलकी पुष्पा घिमिरे क्षेत्री पुग्न सफल भएकी छन् ।

भोटिङ राउण्डको प्रतिस्पर्धामा रहेका १२ जना मध्ये वीरगंजका राजन देवान दर्शकबाट सबैभन्दा कम भोट पाएर शनिबार प्रतियोगिताबाट बाहिरिएसंगै पुष्पासहितका ११ जना अघिल्लो चरणका लागि सुरक्षित भएका हुन् ।

प्रतियोगितामा काठमाडौंका सुदन खड्का, कोहलपुरकी गंगा केसी, महोत्तरीका नेजिन सुस्लिङ मगर,दाङका आकाश विके, कोहलपुरका श्रीयम रावल, धनगढीका थम्मन टाडी,पोखराकी सपना थापा,हेटौंडाकी सन्ध्या आचार्य,झापाकी दिलमाया लिम्बु र बिरगंजका अनिश सिंह उपाधिका लागि प्रतिस्पर्धामा छन् ।

नेपाल टेलिभिजनमा हरेक शनिबार राति ९ बजेदेखि प्रशारण शुरु हुने ‘छमछमी’ कार्यक्रमका प्रतियोगीलाई कार्यक्रम सकिएपछि सोही राति १० बजेदेखि बिहीबार बिहान १० बजेसम्म भोटिङ गर्न सकिने नियम छ । दर्शकबाट सबैभन्दा कम भोट पाउने प्रतियोगी बाहिरिंदै जांदा सबै भन्दा बढी भोट पाउने नै विजेता बन्ने नियम छ । प्रतियोगितामा ६० प्रतिशत अंक निर्णायकको र ४० प्रतिशत अंक भोटिङका आधारमा जोडिने नियम छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu