Connect with us
Kapilvast Forest

काम सम्पन्न अगावै भुक्तानी , काम अलपत्र

२०७६, २८ श्रावण मंगलवारमा प्रकाशित

माधव बेल्वासे कपिलवस्तु  साउन २८

विजयनगर गाउँपालिका वडा ५ जुगुनीया देखी विरनगर जाने सडक निमार्णको काम अलपत्र परेको छ । गाउपालिकाकै गौरवको योजना अन्तरर्गत रहेको यो सडकको काम सम्पन्न नहुदै भुक्तानी भएपछी काम सम्पन्न हुन सकेको छैन । जुगुनिया विरनगर सम्मको सडक स्तरउन्नतीको लागी ५० लाख गाउँ कार्यपालिकाले वजेट छुट्टाएको थियो ।

उक्त रकम भुक्तानी भइसकेपछी मात्र केहि खाल्डाहरुमा वालुवा राखेको स्थानियहरुको भनाई रहेको छ । निमार्ण कम्पनी अमर कन्ट्रक्सनले उक्त सडक बनाउने जिम्मा लिएको थियो । जिम्मेवारी पुरा नगर्दा अहिले स्थानियहरुलाई सास्ती भएको छ भने वाल्ुवालाई पानीले बगाउने गरेको छ ।

जनप्रतिनिधिहरुले पनि उक्त निमार्ण कम्पनीलाई पटक पटक भनेको भएपनि अटेर गरेको वताएका छन । अनुगमन समितिका संयोजक लक्ष्मी चौधरीले कमसल सामाग्री प्रयोग भएको भन्ने जानकारी आउनसाथ काम रोक्न निर्देशन दिएको वताइन । मलाई स्थानियहरुले जानकारी गराएपछी काम रोक्न भनेकि हु तर ठेकदारले लापरवाही गरेको छ उपाध्यक्ष तथा संयोजक थारुले भनिन ।समपन्न कामको भुक्तानी भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले वताए ।

केहि काम वाकि थियो तर केहि दिनमै सम्पन्न गर्ने भनेपछी भुक्तानी नरोकेको उनले वताए । वडा न ५ का अध्यक्ष अनवार कलवारले सडकमा झारीएको वालुवा कसमल भएमा उठाउन लगाउने वताए । मैले भनिसकेको छ मिस्कट राख्ने सडकमा वालुवा नराख्नुस उनले भने । यदि अटेरी गरे सडक वाट वालुवा उठाएर पुन मिस्कट ल्याउन लगाउने वताए ।

काम सम्पन्न नहुदै मुल्याङकन गरी भुक्तानी हुनुमा मिलोमत्तोको आंशका गरिएको छ । यता निमार्ण कम्पनिका प्रतिनिधि गजेन्द्र यादवले निमार्णको काम धमाधम भइरहेको वताए । केहि ठाउमा वढी वालुवा परेको भएपनि अव पुन गिट्टी वढी राखेर निमार्ण सम्पन्न गर्ने उनले दावी गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu