Connect with us
Kapilvast Forest

पति-पत्नीको झगडा छुट्याउने महिलाको मृत्यु

२०७६, २८ श्रावण मंगलवारमा प्रकाशित

file death

नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिका १ दाङसिंहमा पति-पत्नीको झगडा छुट्याउने गएकी महिलाको मंगलबार मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ। प्रहरी प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार त्यही स्थानका मेघबहादुर तामाङ र उनकी पत्नी चिनीमायाबीच सोमबार विवाद भएको थियो। विवादपछि चिनीमायाँ बच्चासहित लालमायाको घरमा बास बस्न गएकी थिइन्।

तर उक्त घरमा नै पत्नीलाई फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए। पति-पत्नीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमाया आफ्नै घरको आँगनमा लडेर बेहोस भएकी थिइन्।

उपचारका लागि मंगलबार जिल्ला अस्पताल त्रिशलीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरिदिए। उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu