Connect with us
Kapilvast Forest

विश्व संस्कृत दिवस मनाइँदै

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं । संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पुर्याउने उद्देश्यले दोस्रो विश्व संस्कृत दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । गत वर्षदेखि जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

संस्कृत भाषाको संवद्र्धन तथा प्रवद्र्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको कार्यक्रम संयोजक डा गोविन्दशरण उपाध्यायले जानकारी दिनुभयो ।जनै पूर्णिमा, ऋषितर्पणी तथा रक्षा बन्धनको अवसर पारेर साउन ३० गते बिहीबार प्रतिष्ठानको कार्यालय जमलमा दोस्रो विश्व संकृत दिवस मनाउन लागिएको उहाँले बताउनुभयो ।

प्रतिष्ठानले गतवर्ष त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागको संयुक्त आयोजनामा पहिलो विश्व संस्कृत दिवस मनाएको थियो ।प्राचीनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढ्दै गए पनि यसको उद्गमस्थल नेपालमा भने चासो कम हुन थालेकाले दिवस मनाउन शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष डा निर्मलमणि अधिकारीले बताउनुभयो ।

यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालय, त्रिवि केन्द्रीय संस्कृत विभाग, विश्वभाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागलगायतले संस्कृत जागरणका लािग कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu