काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले म्यादीमा स्थानीय तहका जनप्रतिनिधिलाई मोसो दलेका छन् । विप्लवका कार्यकर्ताले बेनी नगरपालिका वडा २ का अध्यक्ष हिराबहादुर थापालाई मनपरी ढंगले काम गरेको आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला पहिर्याएर मोसो दलेका हुन् ।