Connect with us
Kapilvast Forest

प्रधानमन्त्री अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किएका थिए । विमानस्थलमा कुनै प्रतिक्रिया नदिएका उनले ‘म ठीक छु’ भन्दै ट्वीट गरेका थिए ।

तर आज बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थका कारण स्थगित भएको छ । बैठकका लागि नेताहरु  लुवाटारसमेत पुगेका थिए ।

एक नेताकाअनुसार ओली बैठक स्थलमा नै आएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तलमा गएर आराम गरिरहेका ओलीलाई भेटेका थिए । ‘ज्वरो आएको छ र जीउ दुखेको छु भन्नुभएको छ’, एक नेताले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu