Connect with us
Kapilvast Forest

नेकपा सचेतक ढकालको घरमा बम प्रहार

२०७६, ३१ श्रावण शुक्रबारमा प्रकाशित

बुटवल। प्रदेश नम्बर ५ प्रदेशसभाका नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ । प्रमुख सचेतक ढकालको सैनामैना नगरपालिका वडा नम्बर ७ स्थित घरमा बिहीबार राति पेट्रोल बम प्रहार भएको हो ।

पेट्रोल बमबाट घरमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख हृदय थापाले पेट्रोल बमबाट घरमा पार्किङ गरी राखेकाे गाडीको पछाडिको भागमा क्षति पुगेको बताउनुभयो ।

ढकाल बिरामी परेर उपचारका लागि केही दिनअघि काठमाडौंमा जानु भएको छ । उहाँ काठमाडौंमा रहेको बेला घरमा बम प्रहार भएको हो । घरमा बुबा, आमा र पत्नी लगायतका परिवार छन् । बम कसले प्रहार गर्यो ? भन्ने पहिचान भने भइसकेको छैन । बम प्रहार गर्नेको खोजी भइरहेको प्रहरी जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu