Connect with us
Kapilvast Forest

रविका समर्थकले गरे प्रहरीको गाडीमा तोडफोड, प्रहरीद्धारा अश्रुग्यास प्रहार

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुइथरी प्रदर्शन भएको छ। अनुसन्धानका लागि सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेपछि अवस्था तनावपूर्ण भएको हो। काठमाडौंबाट रविलाई पक्राउ गरेर चितवन लगेलगत्तै उनको समर्थनमा प्रदर्शन भएको थियो।

प्रदर्शनले उग्ररुप लिएपछि शुक्रबार साँझ प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भयो। घटनामा एक जना असईसहित सात जना प्रहरी घाइते भएको भएका थिए। चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको थियाे। शुक्रबारसम्म एकपक्षिय प्रदर्शन भए पनि शनिबार भने पुडासैनीले न्याय पाउनुपर्नेभन्दै अर्को समूहले समेत प्रदर्शन गरेको थियो।

शनिबार भने रवि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय बाहिर प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। एक प्रहरी भ्यानमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाट्ठीचार्ज गरेको हो। प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रुग्यास समेत प्रहार गर्नु परेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एक नारायण कोइरालाले जानकारी दिए। प्रदर्शनकारीले हानेको ढुङगाले प्रहरीको भ्यानको अगाडिको शिसा फुटेको उनले बताए।

‘अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ। उनले भने, नेपाल प्रहरी र शसस्त्र प्रहरी ठाउँठाउँमा खटाएको छ। प्रदर्शनकारी पनि ठूलो संख्यामा छन्।’

जिल्ला अदालत चितवनले रविसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो। पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए। नुवाकोटका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu