खैरो हिरोइनसहित २ युवा पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिकामा २ युवा खैरो हिरोइनसहित पक्राउ परेका छन् ।
अछाम मंगलसैन नगरपालिका वडा नम्बर ५ घर भइ धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय गणेश
खत्री र धनगढी उपमहानगरपालिका–८ बस्ने २० वर्षीय लोकेन्द्र बोहरा खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।
उनीहरुलाई भारतबाट लागुऔषध खैरो हिरोइन लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।