Connect with us
Kapilvast Forest

घुससहित रेस्टुरेन्टबाट समातिए सव–इन्जिनियर

२०७६, २ भाद्र सोमबारमा प्रकाशित

काभ्रे । काभ्रेको बनेपा नगरपालिका–११ का सव–इन्जिनियर (करार) आकाश श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

२०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

श्रेष्ठले सेवाग्राहीसँग २५ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई बनेपा नगरपालिका –८ नाला दोबाटोस्थित ‘द किचन भान्साघर एण्ड रेस्टुरेन्ट’बाट रंगेहात पक्राउ गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj