५ रुपैयाँको क्यानबाट ५ हजार कमाउँछन् यी किसान
काठमाडौं । चीनमा एक किसानले सानो लगानीबाट ठूलो सफलता हात पारेका छन् ।
हेनान प्रान्त, लुयोनिंग सिटीका एक किसानले कोल्ड ड्रिङ्क्स, बियर र विभिन्न प्रकाकार पेय पदार्थका क्यानहरुबाट खेलौना बनाएका छन् ।
पेशाले किसान च्याङलिनले ५ रुपैयाँमा क्यान खरिद गर्ने गरेका छन् । किनेका क्यानहरुबाट खेलौना बनाएर ५ हजार रुपैयाँसम्ममा उनले बेच्ने गरेको तत्थ्य बाहिरिएको छ ।