Connect with us
Kapilvast Forest

नेकपाद्धारा रवि लामिछाने गतिविधिमा सम्लग्न नहुन निर्देशन

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

न्यायिक हिरासतमा रहेका रवि लामिछानेको सम्बन्धमा चितवनमा भइरहेको कुनै पनि गतिविधिमा सम्लग्न नहुँन पार्टी सदस्य तथा शुभचिन्तकमा नेकपा चितवनले निर्देशन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले प्रेस विज्ञप्ति जारी गर्दै अराज गतिविधिमार्फत नेकपाका जिम्मेबार सदस्यमाथि नामै किटेर गरेको नाराबाजी तथा प्रतिक्रियावादीलाई सहयोग पुग्ने गरी चलखेल भइरहेकोमा नेकपा चितवनको गम्भीर ध्यानकर्षण भएको बताइएको छ ।

शान्ति र अमनचयन कायम राख्न प्रशासनलाई अनुरोध गर्दै पार्टी सदस्य तथा शुभेच्छुकलाई यस्ता गतिविधिमा सम्लग्न नहुन नेकपा चितवनले निर्देशन गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj