Connect with us
Kapilvast Forest

भारतीय विदेशमन्त्री विमानस्थलबाट सिधै बालुवाटार

२०७६, ४ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । भारतीय विदेशमन्त्री जयशंकर त्रिभूवन विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।

विदेशमन्त्री शंकर प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ताका लागि बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्री ओली र विदेशमन्त्री शंकरबीच दुई देशका आपसी हितका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा बुधबार र बिहीबार हुने नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन नेपाल आउनुभएको हो ।

त्रिभुवन विमानस्थलमा उहाँलाई परराष्ट्र सचिव शंकरदास वैरागी तथा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वागत गर्नुभएकाे थियाे ।विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार बिहान १०ः३० बजे भेटवार्ता गर्ने कार्यक्रम रहेकाे जनाइएकाे छ ।

त्यसैगरी, विदेशमन्त्री जयशंकरले प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेटघाट हुने उच्च स्रोतले बताएको छ ।बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षा लगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu