Connect with us
Kapilvast Forest

ट्रकले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

चितवन : ट्रकले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु भएको छ।

ईच्छाकामना गाउँपालिका ४ का २५ वर्षीय राजकुमार प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढबाट काठमाडाैंतर्फ जाँदै गरेको ना ७ ख ५ नम्बरको ट्रकले विपरित दिसाबाट गइरहेको प्रदेश ३–००–२–०० प १५९४ नम्बरको मोटरसाइकललाई इच्छाकामना ३ चुम्लिङटारमा राति ठक्कर दिएको थियो। गम्भीर घाइते प्रजाको भरतपुरमा उपचार हुन नसकेपछि काठमाडाैं लैजाने क्रममा मृत्यु भएकोे प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक ईच्छाकामना ४ का २१ वर्षीय लोकेन्द्र प्रजाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारई भइरहेको छ। ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj