Connect with us
Kapilvast Forest

पाँच वडा अध्यक्षद्वारा सामूहिक राजीनामा

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

बाजुरा । बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक राजीनामा दिएका छन् । वडाअध्यक्षहरूले नगरपालिकामा प्रमुख, र उपप्रमुखले एकलौटी गरेको भन्दै बिहीबार राजीनामा दिएका हुन् ।

वडा अध्यक्षहरू धर्मराज पाध्या, डम्मरबहादुर महत, वीरबहादुर रावल, विनोदकुमार विक र सुरेन्द्र नाथले बिहीबार सामूहिक राजीनामा पेश गरे । वडा अध्यक्षहरूले विकास समितिका सदस्य समेत नरहने गरी नगर कार्यपालिकाको बैठकमै राजीनामा दिए । पाँचै जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट वडा अध्यक्षमा विजयी भएका हुन् ।

नगरपालिकामा प्रमुख र उप्रमुखले प्रचलित नीति नियम र ऐन कानून विपरीत मनोमानी निर्णय गर्दै आएको वडाअध्यक्षहरूको आरोप छ ।नगरप्रमुख र उपप्रमुखसहितले पदीय जिम्मेवारी नै बेवास्ता गर्दै एकलौटी निर्णय गरेकाले राजीनामा दिएको वडा नम्बर ९ का अध्यक्ष विनोदकुमार विकले बताउनुभयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu