Connect with us
Kapilvast Forest

कोठाबाटै जिल्ला निगरानी

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले कार्यालयको एउटा कोठाबाटै जिल्लाको निगरानी गर्न थालेको छ ।

जिल्लामा अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै बजारमा सीसी क्यामेरा जोडेर निगरानी थालेको हो ।

प्रदेश सरकारको २७ लाख बजेटमा इलाम जिल्लामा ३४ वटा क्यामेरा जडान गरेर निगरानी थालेको कार्यलयको भनाइ छ । इलाम बजारमा १० वटा, फिक्कलमा ८ वटा, पशुपतिनगरमा ८ वटा र मंगलबारेमा ८ वटा क्यामेर जडान गरी निगरानी गर्न थालेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताउनुभएको छ ।

बजार क्षेत्रमा बढी अपराध, दुर्घटना र बजारमा सामान हराउने उजुरी बढेसँगै प्रहरीले निगरानी बढाएको हो । बजार क्षेत्रमा १० किलोमिटर अप्टिकल फाइबरमार्फत क्यामेरा प्रयोग गरिएको छ । क्यामेरामा एक महिनासम्मको रेकर्ड रहने गरी मिलाइएको छ । क्यामेरा जडानपछि कार्यालयले चोरी भएका २ वटा मोटरसाइकल पत्ता लगाइसकेको छ । क्यामेराको निगरानीले सडकमा हुने दुर्घटनाको पनि नियन्त्रण हुने प्रहरी कार्यालयको भनाइ छ ।

जिल्लाका अन्य ठाउँमा पनि क्यामेरा जडान गर्ने तयारी रहेको जनाइएकाे छ । यसअघि झापा र इलामको सीमानामा मात्र सीसी क्यामेराबाट निगरानी भइरहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu