Connect with us
Kapilvast Forest

उखुँ किसान भन्छन : सरकार अनुदान रकम कहिले पाइन्छ ?

२०७६, ८ भाद्र आईतवारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु, भाद्र ०८,

सरकारले आर्थिक बर्ष ०७१÷०७२ मा उखुँ किसानहरुलाई प्रति क्विन्टल रु. २५ का दरले दिने भनेको अनुदान रकम कपिलवस्तुका किसानहरुले हाल सम्म नपाएको गुनासो गरेका छन । कपिलवस्तुका उखुँ किसानहरुले सरकारले दिने भनेको
अनुदान रकम ५ बर्ष वित्दा समेत पाएका छैनन । कहिले सभा, कहिले अन्दोलन त कहिले अनसन लगायतका विभिन्न विरोधका कार्यक्रम गरेपनी उखु किसान सदैव पिडित हुदै आएका छन ।

विभिन्न समयमा आन्दोलन गरेर सरकारको ध्यान आर्कषण गर्दै आए पनि सरकारले आश्वसन मात्रै दिएको छ । तर उखु किसानहरु रकम पाउने आसमै बसेका छन ।

कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीको नेतृत्वमा आइतवार इलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको छ । “हामीले पटक पटक सरकारको ध्यान आर्कषण गराउदैं आएको भए पनि सरकारले
किसानलाई दिनुपर्ने अनुदान रकम प्रति सरकारले चासो दिएन ” ,आइतबार इलाका प्रशासन कार्यालयमा पुन ज्ञापन पत्र बुझाउदै अनुप चौधरीले भने ।

उखुँ किसानले सरकारबाट पाउनु पर्ने अनुदान रकम २ करोड ४८ लाख २३ हजार ९ सय रुपैया हाल सम्म नपाएको कृषक ओम प्रकाश चौधरीले बताए । जिल्लामा ७ हजार उखुँ कृषकले अनुदानको रकम नपाएको उनले जनाए । अन्य जिल्लाका उखुँ
किसानले सोही आर्थिक बर्षमा नै अनुदान वापतको रकम पाएको भए पनि कपिलवस्तुका किसानले ५ बर्ष वित्दा पनि अनुदानको रकम पाएनौ उनले भने ।

कपिलवस्तुका उखुँ किसानले जिल्लामा रहेको महालक्ष्मी सुगर्स मिल्सलाई आफ्नो उखुँ विक्रि गरेका थिए । नेपाल सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच सोहि समयमा विवाद भएको थियो । सरकारले
प्रतिक्विन्टल उखुको मूल्य ४६१ दिने घोषणा गरेपनि कपिलवस्तुमा मिल सञ्चालकले प्रतिक्विन्टल ४३६ मात्र दिएका थिए । सरकारले २५ रुपैयाँ उखुँ किसानलाई अनुदान दिने भनेको थियो । सरकारले दिने अनुदान वापतको रकम
समयमा नै नदिदाँ किसानहरु हरेक बर्ष जसो आन्दोलित हुनु पर्ने संघका अध्यक्ष चौधरीले बताए ।

२०७२ मा पाउनु पर्ने अनुदानको रमक नपाए पछि जिल्लाका किसानहरुले समयमा समयमा आन्दोलन गर्दै आएका छन । २०७३ असोजबाट आन्दोलन गर्दै आएका किसानले हरेक बर्ष आन्दोलन गर्दै आएका छन । कृषि मन्त्रालयमा धाउँदासमेत
कहिले अर्थ मन्त्रालयबाट रकम निकासा नभएको त कहिले मिल मालिकले कागजपत्र नपठाएको भन्दै दुःख दिने काम गरेको शिवराज नगरपालिका मोतिनगरका रामकिशोर चौधरीले बताए । अन्य जिल्लाका किसानले रकम बुझिसके हामीले
अहिले सम्म रकम पाएनौ कपिलवस्तु बहादुरगन्जका रामेश ठाकुरले अक्रोश व्यक्त गरे ।

गत बर्ष साउनमा इलाका प्रशासन चन्दौटा अगाडी किसानहरु अनशनमा बसेपछि सम्पूर्ण कागजात मिलाएर अर्थमा बुझाउन भनियो कागजात बुझायौं तर रकम निकासा भएन पुन मंसिर १९ गते अनशन बस्दा एक हप्तामा अनुदानको रकम उपलब्ध
गराउन गृहमन्त्रालयबाट अर्थलाई पत्राचार भएको जिल्ला प्रशासनले पनि कृषि तथा शहरीमन्त्रालय लाई पत्राचार गरेको भए पनि अनुदानको रकम भने आएन , पत्रको प्रतिलिपी देखाउदै अध्यक्ष चौधरीले भने ।

गृह मन्त्रालयले गत मंसिरमा अर्थलाई भुक्तानीको लागी पत्राचार गरेको थियो । अर्थ मन्त्रालयले किसानहरुको तथ्यांक उपलब्ध गराउन भन्दै आन्तरिक राजश्व विभागमा पत्रचार गरे पछि किसानले सम्पूर्ण तथ्यांक आन्तरिक राजश्व विभागलाई बुझाएको चौधरीले जनाए । गत बर्ष अनुदानको रकम आउँछ भन्नेमा हामी किसान ढुक्क थियौं, तर आएन, उनले भने ।

अनुदानको रकम यस बर्षपनि नपाए पछि आइतबार किसानहरुले इलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत प्रधानमन्त्रीको कार्यालय ,गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको कपिलवस्तु किसान संघका अध्यक्ष चौधरीले बताए
। यहि भदौ १३ गते सम्म सुनुवाई र कार्यन्वयन नभएमा पुन संर्घषमा जाने अध्यक्ष चौधरी द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस पटक किसानहरुले कडा आन्दोलन गर्ने उनले बताएका छन । संर्घषका कार्यक्रम अन्तर्गत
भाद्र १८ गते देखि अनिश्चित कालिन अनशन तथा जिल्ला भरि यातायात ठप्प पार्ने चौधरीले बताए । इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख अमर राज शर्माले ज्ञापन पत्र बुझ्दै तत्काल सम्बन्धित मन्त्रालयमा पठाइने जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu