नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद बैठक
मन्त्रीपरिषद बैठक प्रधनमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा बसेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठक बसेको हो ।
प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।
भिडियो कन्फेरेन्समार्फत बैठक बसेको तस्विर प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन ।भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका छन् भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् ।
यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो ।