Connect with us
Kapilvast Forest

चितवनमा बम विस्फोट, एकजना घाइते

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

चितवन, भदौ ९ । चितवनको राप्ती नगरपालिका–६, पम्फाखोलामा सोमबार दिउँसो बम विस्फोट भएको छ । विस्फोटमा परी एकजना घाइते भएका छन् ।

पुलको छेउमा राखिएको शंकास्पद वस्तु ती व्यक्तिले समाउँदा विस्फोट भएको हो ।विस्फोटमा परी राप्ती नगरपालिका–७ का ४३ वर्षीय राजन सिलवाल घाइते भएका छन् । उनको हात र छातीमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि सिलवाल घर फर्किसकेको जनाइएको छ ।

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको समूहले बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu