भरतपुरमा रवि लामिछाने समर्थक र प्रहरी बीच झडप
चितवन, ९ भदौ । जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ ।
रवि समर्थकहरुले आज नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा मोटरसाइकल र्याली गरेका छन् । त्यस्तै, भरतपुरको दूरसञ्चार रोड र चौबिसकोठीमा पनि झडप भएको छ । झडप भएपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ ।
गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झडपको वातावरण सिर्जना भएको प्रहरीले जनाएको छ ।