प्रदेश राजधानीको टुङ्गो यसै बर्ष
१० भदौ । मुख्यमन्त्री शंकर पोखरेलले ५ नम्बर प्रदेशको नाम र राजधानी यसै बर्ष टुङ्गो लगाउने बताएका छन् । नाम र राजधानीको विषयमा सरकारले एउटा समिति गरेको र सोहि समितिको प्रतिवेदन आइसकेपछि टुङ्गो लगाइने बताए ।
सो समितिले अहिले विभिन्न राजनीतिज्ञ, भुगोलविद् तथा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेको उनले बताए । तर प्रदेश राजधानीको विषयमा राजनीतिक दाउपेच भन्दा पनि सबै जनतालाई उचित हुने ठाँउमा राख्नुपर्ने धारणा राखे ।
मुख्यमन्त्री पोखरेलले आगामी तीन बर्षभित्र प्रदेशका सबै ठाउँमा ‘एक घर एक धारा’ पु¥र्याउने लक्ष्य प्रदेश सरकारले लिएको उनको भनाई छ ।
त्यस्तै विकास र सुशासनका पक्षमा प्रदेश सरकार अब्बल रहेको, आवश्यक कानुन निर्माण गरेको, कार्यालय स्थापना र विकास खर्च अधिक भएकोले पनि संघियताको सफल कार्यान्वयन प्रदेश सरकारले गरेको मुख्यमन्त्री पोखरेलले दाबी गरे ।