Connect with us
Kapilvast Forest

राजधानीमा तीज मेला शुरू

२०७६, ११ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ शुरू भएको छ । मेला मंगलबारदेखि यूनाइटेड वर्ल्ड टे«ड सेन्टर ‘डिइसिसी नेपाल’ मा शुरू भएको हो । मेला शनिबारसम्म चल्नेछ ।

नेपाल चेम्बर अफ कमर्शअन्तरर्गत महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरण र संस्कृतिलाई बचाइ राख्न यस्ता मेलाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मेला संयोजक सुमन महर्जनले तीज मेला, मेलाको मात्र नभई महिलाहरूलाई व्यवसायीक बनाउने माध्यम भएको बताउनुभयो ।प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउन फ्रि फोटो सुट, लक्की ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्युजिक एण्ड कल्चर प्रोग्राम कार्यक्रम राखिएका छन् ।

नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२, नेपालको ७० वटा गरेर १०६ स्टल छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu