Connect with us
Kapilvast Forest

सहज सहकारीद्धारा अन्र्तक्रिया

२०७६, ११ भाद्र बुधबारमा प्रकाशित

  • राम अवतार चौधरी, कपिलवस्तु, ११ भदौं ।

सहज बचत तथा ऋण सहकारी संस्थाको सहकारी कोष सम्बन्धि १ दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५, सहजटोल स्थित सहज नेपालको भवन चन्द्रौटामा कार्यक्रम सम्पन्न भएको हो । शिवराज नगरपालिका सामाजिक शाखा प्रमुख देव भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्दैै सहकारीले सबैको सहाकार्यमा गरिब विपन्न, धर्म, जाति र लिङ्ग लगायत सबै समुदायलाई समावेशी गरी अगाडी बढे समुदायलाई अति नै महत्पुर्ण योगदान हुने जिकीर गर्नुभयो ।

भण्डारीले दिनप्रतिदिन बढ्दै गरेको वैदेशिक रोजगारीले नेपाल र नेपाली जनशक्तिलाई नै कमजोर बनाएको दाबी गर्दै हामी कृषि प्रदान देशका नागरिकले स्वदेशमै बुवा बाजेले गर्दै आएका कृषिलाई हामीले आधुनिक र व्यावसायिक ढङ्गले गर्न सक्ने हो भने स्वादैशमै सुन फलाउन सक्ने उहाँले बताउनुभयो । समाज परिर्वतनमा सहज सहकारीको कुशल भुमिका एवं योगदान रहेको बताउँदै अरु संस्थाले यसबाट केही सिक्नुपर्नुे प्रमुख भण्डारीले उल्लेख गर्नुभयो ।

त्यसैगरी कपिलवस्तु व्यापार संघ चन्द्रौटाका अध्यक्ष महादेव पोख्रेलले कार्यक्रममा बोल्दै आधुनिक युगमा व्यावसायिक तरिकाले कृषि गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “कृषिलाई व्यावसायिक बनाउन सहकारी संस्थाको पनि उल्लेखनिय भुमिका रहेको बताउँदै जसको उदाहरण सहज बचत तथा ऋण सहकारी संस्थाको खुलेरै प्रशंसा गर्नुपर्ने बताउनुभयो ।” सो सहकारी संस्था २०६४ सालमा स्थापना भई स्थानीय समुदायसँग सहाकार्य गर्दै आएको छ । गाउँघरमा रहेको स–साना परिवारलाई समेतिएर ६२ वटा समुह र करिब १ हजार २ सय शेयर सदस्य बनाई सामुहिक रुपमा कृषि गर्न प्रोत्सहन गरि आत्मानिर्भर बनाएको खबर आफैमा प्रशंसायोग्य रहेको उल्लेख गर्दै आउँदै गरेको नेपाली हिन्दु नारीहरुको महान पर्व तिजको शुभकामना समेत पोख्रेलले व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रम दीपक खड्काको अध्यक्षता, शिवराज नगरपालिका सामाजिक शाखा प्रमुख देव भण्डारीको प्रमुख आतिथ्यिता, कपिलवस्तु व्यापार संघ चन्द्रौटाका अध्यक्ष महादेव पोख्रेलको विशिष्ट आतिथ्यिता, स–साना समुहहरुको पदाधिकारी लगायतको सहभागिता तथा सीता थापाको स्वगत मन्तब्य र सहज सहकारी संस्थाको व्यवस्थापक कल्लु थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu