Connect with us
Kapilvast Forest

मोबाइल बैंकिङका प्रयोगकर्ता करोड नजिक

२०७६, १२ भाद्र बिहीबारमा प्रकाशित

१० भदौ, काठमाडौं । केही समयअघिको एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आफूलाई बैंकिङ प्रणालीमा प्रविधिको विश्वास नलाग्ने बताए । उनको त्यो अभिव्यक्तिलाई प्रविधिको प्रयोगबाट हुने सहज नगद कारोबारलाई निरुत्साहित गर्ने मनसायको रुपमा अर्थ्याइयो ।

यदाकदा केही समस्या आए पनि सहज र छिटो कारोबारका लागि प्रविधि प्रयोग आजको आवश्यकता भएको विज्ञहरु बताउँछन् । त्यसका लागि समस्या न्युनीकरणका उपायहरु अपनाउन पर्ने उनीहरुको भनाइ छ ।नेपालमा प्रविधिको प्रयोग बढ्दै पनि गएको छ । इन्टरनेट र मोवाइल बैंकिङमा नेपालीहरु आकर्षित हुदै गएको तथ्यांकले देखाउँछ । कागजरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिकै कारण इन्टरनेट र मोवाइल बैंकिङ कारोबार बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्म इन्टरनेट बैंकिङका ग्राहक संख्या ९ लाख १७ हजार ३४४ पुगेको छ । यीमध्ये ८ लाख ८८ हजार २६८ ग्राहक ‘क’ वर्गका वाणिज्य बैंकहरुका हुन् । राष्ट्र बैंकको तथ्यांक अनुसार, ‘ख’ वर्गका विकास बैंकहरुको इन्टरनेट बैंकिङका ग्राहक संख्या २४ हजार १२४ र ‘ग’ वर्गका वित्त कम्पनीका ४ हजार ९५२ पुगेको छ ।

एक वर्षकै अवधिमा झण्डै एक लाखले इन्टरनेट बैंकिङका ग्राहक बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७४/७५ मा ‘क’ वर्गका वाणिज्य बैंकहरुको आठलाख १६ हजार ७४, विकास बैंकहरुको १४ हजार ६३४ र वित्त कम्पनीहरुको ३ हजार ५९४ गरी कुल आठलाख ३४ हजार ३०२ जना इन्टरनेट बैंकिङका ग्राहक थिए ।
मोवाइल बैंकिङका ८३ लाख ४७ हजार

मोवाइल बैंकिङमा त एक वर्षमै ३३ लाख प्रयोगकर्ता बढेका छन् । आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्म मोवाइल बैंकिङका ग्राहक ५० लाख ८६ हजार ६९ थिए, जसमा वाणिज्य बैंकका ४७ लाख ११ हजार ९७ जना, विकास बैंकका तीन लाख ५१ हजार ७९६ र वित्त कम्पनीका २३ हजार १७६ जना थिए । एक वर्षमै यो ३३ लाखको बढोत्तरी हो ।
आव ०७५/७६ मा मोवाइल बैंकिङका प्रयोगकर्ता वाणिज्य बैंकका ७४ लाख छ हजार ८०२, विकास बैंकका नौ लाख नौ हजार ५१२ र वित्त कम्पनीका ३० हजार ८७३ पुगेका छन् । गत आवमा मोवाइल बैंकिङको प्रयोगकर्ता ८३ लाख ४७ हजार १८७ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
विज्ञ भन्छन्– प्रविधि आजको आवश्यकता

अर्थविद् डा. चन्द्रमणि अधिकारी सबै क्षेत्रमा प्रविधिको प्रयोग बढाउनु पर्ने बताउछन् । गुणस्तर बढाउने र लागत घटाउने प्रविधि आजको प्रमुख आवश्यकता बनेको उनको भनाइ छ ।

‘प्रविधिमा सूचना, शिक्षा, स्वास्थ्य र उत्पादनको क्षेत्र पनि छ’ डा. अधिकारी भन्छन्, ‘प्रविधिले गुणस्तर पनि बढाउँने हुनाले यसको प्रयोग बढाउनु पर्छ ।’

उनका अनुसार, प्रविधि प्रयोगले स्वास्थ्य क्षेत्रको सेवालाई छिटोछरितो बनाउँछ भने सूचना क्षेत्रमा आम जनताको पहुँचलाई सहज पार्छ । प्रविधिको प्रयोग नहुने कुनै क्षेत्र नभएका, प्रविधिले प्रतिस्पर्धी क्षमता बढाउने र विश्व नियाल्न समेत सहज बनाउने उनले बताए । बैंकिङ क्षेत्रमा अझ धेरै प्रविधि प्रयोग आवश्यक भएको अधिकारी बताउँछन् ।

‘प्रविधिकै कारण गाउँ गाउँमा शाखारहित बैंकिङ सेवा पुगेका छन्, घण्टौं लाइन लाग्नु पर्ने बाध्यता मोवाइल सेटले हटाई दिएको छ’, डा. अधिकारी भन्छन्, ‘बैंकिङ क्षेत्रमा प्रविधि प्रयोग नभएको भए वित्तीय साक्षरताको अवस्था निकै कम हन्थ्यो ।’प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामा पनि प्रविधि प्रयोगलाई आजको आवश्यकता भन्छिन् । नेपालमा प्रविधि प्रयोग बढ्दै गए पनि अझै पर्याप्त नभएको उनी बताउँछिन् । लामा भन्छिन्, ‘मुलुकको अर्थतन्त्र विस्तारका लागि पनि व्यापक प्रविधि प्रयोग अत्यावश्यक छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu