सात फिटको अजिङ्गर फेला
सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित खाडलबाट शुक्रबार ७ फिट लामो अजिङ्गर सर्प फेला परेको छ ।
स्थानीयले माछा मार्ने क्रममा फेला पारेको उक्त अजिङ्गर १० किलो बराबरको रहेको छ । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले अजिङ्गरको उद्धार गरी इलाका वन कार्यालय रुपनगरमा वुझाएको छ ।
अजिङ्गरलाई जङ्गलमा लगेर छोड्ने तयारी भइरहेको सहायक वन अधिकृत उमेश यादवले जानकारी दिनुभयो ।