Connect with us
Kapilvast Forest

गैँडाको आक्रमणबाट बर्दियामा तीन जना घाइते

२०७६, १४ भाद्र शनिबारमा प्रकाशित

बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन्।

शनिबार बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो।

आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको छ।

आक्रमणबाट बारबर्दिया नपा–४ का ३९ वर्षीय रामप्रसाद थारु, सोही नपा–५ का ६५ वर्षीय जङ्गली थारु र १० वर्षीया शिखा थारु घाइते भएको वडा नं– ४ का वडाध्यक्ष मानबहादुर थारुले बताए।

प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जङ्गली र शिखाको अवस्था गम्भीर रहेको जानकारी दिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu