Connect with us

रेडियो विजयनगरद्धारा तीजको शुभकामना

२०७६, १४ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु भद्रा १४ – विजयनगर विजयनगर गाउँपालिकामा रहेको विजयनगर गाउँपालिका र विजयनगर समाजद्वारा सञ्चालित सामुदायिक रेडियो विजयनगरले शनिवार तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना दिँदै रेडियोले समाजमा नयाँ परिवर्तन ल्याउन सक्ने सचेतनामुलक र उत्पादनमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

यस्ता कार्यक्रमहरुले मात्र नागरिकहरुलाई प्रभावकारी रुपमा चेतनशील बनाउन सक्ने थापाले बताउनु भयो । स्थानीय स्तरमा भएको विभिन्न क्रियाकलाप तथा गतिविधिहरुलाई प्राथमिकताका साथ उठान गनुर््का साथै समाजमा सकारात्मक परिवर्तन गर्न सक्ने कुरालाई सम्प्रेषण गर्न थापाले सुझाव समेत दिनु भयो । “रेडियोले सुुसूचित गर्ने खालको क्रियाकलापलाई बाहिरा ल्याउन सके मात्र समाजलाई परिवर्तन हुन्छ ” थापाले भन्नु भयो । यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले तीजको शुभकामना मन्तव्य राख्दै खोजमुलक कार्यक्रमलाई प्रशारण गर्न विशेष ध्यान जान आवश्यक रहेको बताउनु भयो ।

“हाम्रो समाजमा शिक्षाको स्तर, चेतनाको स्तर के कस्तो छ ? रेडियोले कसरी निरन्तारता दिन सकिन्छ र प्रभावकारिता ल्याउन सक्छ ” भन्ने कुरालाई प्रहरी निरिक्षक नेपालले औँल्याउनु भयो । सामुदायिक रेडियोहरुले विशेषतया विविध गतिविधिका साथै स्थानीय समाचारलाई प्राथमिकतामा राखी सम्प्रेषण गर्न सल्लाह दिनु भयो ।

कार्यक्रमलाई समापन तथा गर्दै रेडियोका अध्यक्ष राम प्रघट कोरीले सम्पूर्ण सल्लाह– सुझावहरुलाई आत्मसात गर्दै अहोरात्र खटेर भएर पनि रेडियोलाई आएको सुझाव अनुसार नै अगाडी बढाउने प्रतिबद्धता व्यक्त भयो । जनतालाई चाहिने आवश्यक समाग्रीहरु रेडियोबाट प्रशारण गर्ने बाचासमेत गर्नु भयो । कार्यक्रममा उपस्थित अधिकांश व्यक्तिहरुले विजयनगर गाउँपालिका हरेक विकासका क्षेत्रमा पछाडी परेको ठाउँमा पनि रेडियोले छोटो समयमै सबैको मनमा राम्रो छाप पार्न सकेको खुलेरै प्रशंसा गर्दै समाचार सम्प्रेषण गर्दा सत्य तथ्य र निष्पक्ष कुरालाई सम्प्रेषण गर्न जोड दिएका थिए ।

कार्यक्रममा विजयनगर गाउँपालिकाका वडा अध्यक्षहरुकोतर्फबाट वडा नं. ७ का दिनेश कुमार चौधरी, लौटनराम द्रोपदी देवीका प्रधानाध्यापक श्याम प्रकाश चौधरी, समाजसेवी भुलन शाह, युवा समाजसेवी अमर पौडेल, समाजसेवी त्रिवेणी चौधरी लगायत तीजको शुभकामना दिनु भएको थियो भने रेडियो विजयनगरका कोषाध्यक्ष गोकर्ण प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu