Connect with us
Kapilvast Forest

कपिलवस्तुमा शान्ती र सद्भावका लागी संवाद कार्यक्रम

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

  • दिपक के.सी.कपिलवस्तु असोज ९

कपिलवस्तुको शिवराज नगरपालिकामा शान्ति र सामाजिक सद्भावका सहजीकरण तथा मेलमिलापका लागी संवाद कार्यक्रमको हस्तान्तरण सम्पन्न भएको छ । सामाजिक विभेद अन्त्यका लागी संचालित कार्यक्रम स्थानिय तहलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।
प्रो पब्लिकको आयोजना तथा रोबर्ट वक्र्स स्टिफटुगंको आर्थिक सहयोगमा वडा नं. ४ मा संचालित कार्यक्रमलाई विहिबार स्थानिय तहलाई हस्तान्तरण गरिएको हो । विविध धर्म संस्कृती ,जातजाती, समुदायको बसोबास भएको क्षेत्रमा समुदायको समग्र विकासका लागी प्रो.पब्लिकले सर्हानिय काम गरेको नगर प्रमुख नेत्रराज अधिकारीले बताए ।

समुदायका समस्याहरुलाई संवादका माध्यमबाट नै समाधन गर्न सबै समुदायका व्यक्तिहरुलाई एकै ठाउँ बसेर सहकार्य गर्न सिकाएको उनले बताए । फरक फरक पृष्ठभूमिबाट आएका नागरिकहरुको समस्यालाई एकै ठाउँमा राखेर छलफलका माध्यमबाट समाधानका उपाय खोज्न अभिप्रेरित भएको उनले बताए ।

अब स्थानिय तहमा नै संवाद आए पछि समग्र नगरको विकासका लागी सबैले सहयोग गर्नु पर्ने मेयर अधिकारीले बताए । शान्ती र सद्भाव कायम भए पछि विकासको लहर पनि चल्ने हुदाँ साना तिना समस्यालाई समुदायको संवादबाट नै समाधान गर्नु पर्ने ,वडा कार्यालय, नगरपालिका सम्म समस्या पुराउन समेत मेयर अधिकारीले आग्रह गरे ।

कार्यक्रमले समुदायमा हुने विभेदका विषयमा छलफलका माध्यमबाट समाधान गरिएको संवाद कार्यक्रमकी सहभागि कविता आचार्यले बताई । घर भित्रै हुने हिसाँको अन्त्यका लागी एकै पहल गरेर समाधान नहुने तर संवाद केन्द्रको पहलले हिंसा अन्त्य भएको विष्णु भुसालले बताइन ।
२०७५ भाद्र देखि संचालनमा आएको संवाद कार्यक्रमले वडा नं. ४ का विभिन्न समुदाय, धर्म , जाती ,लिगं, वर्गका समुदायका १ सय जना नागरिकलाई सहभागि गराई १० जनाको संवाद केन्द्र बनाई कार्यक्रम संचालन गरेको प्रो पब्लिकका बाबुराम पौडेलले बताए । कार्यक्रमले १ बर्षको अवधीमा लैगिंक हिसा,महिला हिसां, बालविवाह अन्त्य, विकास र शान्तीका लागी राजजैनिक दलको भूमिका लगायतका विषयमा संवाद संचालन गरिएको संस्थाका त्रिलोक शर्माले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu