Connect with us
Kapilvast Forest

कपिलवस्तुमा लागु औषध सहित दुई युवक पक्राउ

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

  • माधव बेल्वासे, कपिलवस्तु असोज ०९,

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिवार विहान १ चन्द्रौटा चोक नेपालगंज जाने वाटोमा संकास्पद रुपमा हिडिरहेका दुई युवालाई चेकजाच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घोराही उप माहानगरपालिका वडा न १८ ढोडने बस्ने २० वर्षीय रजिनेस बुढा र सोहि ठाउँ बस्ने नरेश विक रहेका छन ।उनिहरुको साथ वाट डाइज्पम २ एम एलको सिसि ३७ पिस,नुकिन २ एम एलको ३८ पिस,प्रोमथाईजिगं हाईड्रो क्लोराईड इन्जेक्सन २ एम एल को ३९ सिसि फेला परेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक मोतिलाल योञ्जनले वताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj