Connect with us
Kapilvast Forest

पाल्पाको मिसन अस्पतालमा सुत्केरीको मृत्यु ,डाक्टरले लापरबाही गरेको अरोप।

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

  • दिपक पोखरेल पाल्पा असोज ९,

पाल्पाको तानसेन स्थित तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा एक जना सुत्केरीको ज्यान गएको छ ।रम्भा गाँउपालिका ४ हुमिनकी २४ बर्षिया विपिन्द्र सुर्यबंशीको ज्यान गएको हो । अप्रेशन गरेको तीन घण्टा पछि नै विपिन्द्रको ज्यान गएको निजका जेठाजु तुल बहादुर सुर्यबंशीले जानकारी दिनुभयो ।

तानसेन नगरपालिका–१, मा बसोबास गर्दै आएकी सुर्यवंशी असोज ७ गते युनाईटेड मिसन अस्पतालमा सुत्केरीका लागी भर्ना हुनुभएको थियो । पेटमा मृत बच्चा रहेकाले जन्माउन समस्या हुने भन्दै अस्पतालले अपरेशन गरेको श्रीमान केशर सुर्यवंशीले जानकारी दिनुभयो । विपिन्द्रा आत्तिएर अक्सिजन फालेपछी नर्सहरुले पुनः अक्सिजन लगाउन नसकेको कारण मृत्यू भएको आफन्तले बताएका छन् ।

मृत्यु हुँदा आफु सँगै रहेको आफन्तहरुले ५/७ पटकसम्म डाक्टरलाई बोलाउँदा पनी आउन ढिलाई गरेको बताए । आफ्नै अगाडी बिरामी निलो भएपछी अस्पतालले आफुलाई बाहिर निकालेको जेठाजु सुर्यवंशीले बताउनुभयो । तर अस्पताल प्रसाशनले भने एक्कलेन्सियाको कारण फोक्सोमा समस्या देखिएको कारण मृत्यु भएको अस्पतालका सुचना अधिकारी जीवन भट्टराईले जानकारी दिए । एक्क्लेन्सियाको कारण बिरामीमा रक्तचाप अध्याधिक र कम हुने उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu