कांग्रेस मुख्यालयमा नाराबाजी, बैठक अन्योलमा
काठमाडौं । नेपाली कांग्रेस मुख्यालयमा नाराबाजी भएको छ । पार्टी मुख्यालयमा नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
कार्यकर्ताले तरुण दलका कास्की अध्यक्ष दीपजंग बस्नेतलाई कारबाही माग गर्दै नाराबाजी गरेका हुन् । नेविसंघ र तरुण दल कार्यकर्ताको नाराबाजीको कारण नेपाली कांग्रेसको शुक्रबार अपरान्ह ३ बजेको लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन ।