Connect with us
Kapilvast Forest

बाबुरामको प्रश्न– हाम्रा कमरेडहरु सामाजिक फासीवादतिर उन्मुख भएकै हुन् ?

२०७६, १२ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं, असोज १२ । समाजवादी नेपाल पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिस्टहरु सामाजिक फासीवादतिर उन्मुख भएका हुन् ? भन्ने गम्भीर प्रश्न खडा गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भिन्न मत राख्नेमाथि सांघातिक आक्रमण हुन थालेको घटनामाथि टिप्पणी गर्दै यस्तो प्रश्न गरेका हुन् ।

शनिबार चितवनमा अभियन्ता ज्ञानेन्द्र शाहीलगायतमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा तथा विद्यार्थी समूहले आक्रमण गरेको थियो ।

सोही घटनालाई संकेत गर्दै डा.भट्टराईले ट्वीटरमा भनेका छन्, ‘हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन ।’

लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्ने उनको भनाइ छ । ‘निरंकुशता÷फासीवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘के हाम्रा कमरेडहरु सामाजिक फासीवादतिर उन्मुख भएकै हुन् ?’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu