Connect with us
Kapilvast Forest

दशैंलाई काठमाडौंमा ६० हजार खसीबोका, यस्तो छ मूल्य अवस्था

२०७६, १२ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं । दशैंमा बजारमा बढी खपत हुने खसीबोका, च्याङ्ग्रा लगायतको अभाव नहुने दाबी गरिएको छ । सरकारले पनि मासुजन्य उपजको मूल्यवृद्धि नहुने स्पष्ट पारेको छ ।

बजारमा खसी बोका आयात तथा बजार व्यवस्थापनमा समस्या देखिएको गुनासो बढिरहेका बेला सरकारी निकायले भने मासुको अभाव नहुने दाबी गरेको छ । खसीबोकाको खपत बढी हुने समय दशैंमा सरकारले भन्सारमा गरेको कडाइले आयातमा समस्या परेकोे गुनासो बढेपनि मासुको अभाव हुन नदिने सरकारी भनाई छ । सरकारले हेफर इन्टरनेशनलसँग आवद्ध सहकारीमार्फत संकलन र बिक्री वितरणमा प्राथमिकता दिएको छ ।

दशैंमा मासुको अभाव हुन नदिन छिमेकी मुलुकबाट पनि खसीबोका आयात गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउनु भयो । ‘उपभोक्तालाई स्वच्छ खुवाउने विभागको उदेश्य छ’ उहाँले भन्नुभयो, ‘त्यसको लागि खसी, बोका आयात तथा ओसारपसार गर्दा निरोगिताको प्रमाणपत्र समेत चेक गर्ने व्यवस्था मिलाइएको छ ।’

विशेषत बढी जनघनत्व भएको काठमाडौंमा दैनिक एक हजारदेखि बाह्रसय खसीबोका खपत हुने गरेको छ । दशैंको समयमा खपत संख्या दोब्बरले बढ्नेछ । निजी क्षेत्रले भने मूल्यमा केही हेरफेर हुनसक्ने बताएको छ । दशैंमा हरेक वर्ष मूल्य हेरफेर हुने गरेको काठमाडौं चौपाया प्रा.लिका अध्यक्ष जनक खड्काको अनुभव छ । तर माग दोब्बर बढेपनि बजार सामान्य अवस्थामै चल्ने र मूल्य पनि बढ्न नदिने सरकारले स्पष्ट पारेको छ ।

सरकारी र निजी दुवै क्षेत्रका अनुसार काठमाडौंमा दशैंमा ४५ हजारदेखि ६० हजारको हाराहारीमा खसीबोका खपत हुने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu