Connect with us
Kapilvast Forest

बडादशैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

२०७६, १३ आश्विन सोमबारमा प्रकाशित

नेपाली समाजमा मनाइने महान्पर्व बडादशैंको दोस्रो दिन आश्विन शुक्लव्दितीया तिथिमा देवीमन्दिर तथा शक्तिपीठमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिन्छ । घटस्थापनादेखि प्रत्येक दिन फरक फरक नौ देवीको आह्वान गरी शक्तिको उपासना गर्ने पद्धति छ ।

नवरात्रमा आफूमा निहित मानवशक्ति,प्रभा,माया, जाया,सूक्ष्मा,विशुद्धा नन्दिनी, सुप्रभा, विजया,सर्वसिद्धिदाद्वारा प्रकट गरी जीवनलक्ष्य पूर्ति गर्ने आशयले देवीको साधना गर्ने परम्परा छ । यस पर्वमा शक्ति स्वरुपा देवीहरुका साथै देवताले समेत आराधना गर्नुपर्ने शक्तिका मूलमाताहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि साधना गरिन्छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्याशक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ ।

ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । देवी ब्रह्मचारिणीलाई ऐना,काइयो,टीका चढाइन्छ ।माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ । शास्त्रमा उनको वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । ब्रहमचारिणी देवीले एक हातमा कमल धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् ।

कमलले सच्चिदानन्द ब्रहमस्वरुप संकेत गर्दछ भने कमण्डलुले वरदान र आशिर्वादको अर्थ संकेत गरेको छ । देवी ब्रहमचारिणीको पूजाआराधना गर्न भक्तजनहरु आज बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ, देवीमन्दिरर कोटहरुमा भेला भएका छन् । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा गरिन्छ उनको गुणवर्णन गरिएका ग्रन्थको वाचन श्रवणको क्रम पनि चलिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu