Connect with us
Kapilvast Forest

युथ आइकन अवार्डबाट इरफान सम्मानित

२०७६, १३ आश्विन सोमबारमा प्रकाशित

नेपालगन्ज, असोज गते । नेपाली युवा मोहम्मद इरफान राई नेशनल युथ आइकन अवार्ड २०१९ बाट सम्मानित भएका छन् । युवा उद्यम र सशक्तीकरणका क्षेत्रमा क्रियाशिल इरफानराईलाई समाज परिवर्तनमा भूमिका निर्वाह गरेको भन्दै भारतस्थित इन्टरनेशनल युथ कमिटीले नेशनल युथ आइकन अवार्ड २०१९बाट सम्मान गरेको हो ।

भारतको राजधानी नयाँदिल्लीस्थित कन्स्टिच्युसन क्लब अफ इन्डियामा आयोजित विश्व युवा सम्मेलनमा इन्टरनेशनल युथ कमिटीका अध्यक्ष जयन्त पात्राले इरफानलाई सम्मानपत्र प्रदान गरे ।

यसअघि भारतीय युवाहरुलाइ मात्र अवार्ड प्रदान गर्दै आएको इन्टरनेशनल युथ कमिटीले यो बर्षदेखि विदेशी नागरिकलाई पनि अवार्ड दिन थालेको हो । यो बर्ष इरफानसहित मनोनयमा परेका विश्वका १४ सय युवामध्येबाट ७९ युवालाई नेशनल युथ आइकन अवार्ड दिइएको छ ।

विभिन्न क्षेत्रका प्रवुद्धवर्ग, विश्वविद्यालयका प्राध्यापक, युवाहरुसँग मिलेर राष्ट्रिय नीति निर्माणमा सक्रिय इन्टरनेशनल युथ कमिटीबाट सम्मानित इरफानराईलाई गतमहिना मालदिभ्स सरकारको युवा तथा खेलकुद मन्त्रालयले ग्लोबल युथ पिस एम्बास्डरको पदवी प्रदान गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu