प्रधानमन्त्री केपी ओलीले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहका बीच नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नु भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाईयुक्त राष्ट्र बनाउने अभियानमा अग्रसर हुन सबैलाई आह्वान गर्नुभयो । उहाँले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफलता हात परेको स्मरण गराउनु भयो ।
सन् २०११ मा शुरू गरिएको अभियान विद्यालय तह, जिल्ला तहमा शुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । नेपाल खुला दिसा मुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ ।