Connect with us
Kapilvast Forest

थारु समुदायमा अट्वारी पर्वको रमझम

२०७६, १५ भाद्र आईतवारमा प्रकाशित

दाङ । दाङसहित थारु समुदायको बसोबास रहेका जिल्लाहरुमा धुमधामका साथ आज अट्वारी पर्व मनाइँदै छ ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपरका थारु समुदायले अट्वारी पर्व मनाउने गर्छन् ।

खासगरि थारु समुदायका पुरुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन् ।

आजको दिन पानीसमेत नखाएर (निर्जला) ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृण्ण जन्माअष्टमीको आठ दिनपछि आउने दिनमा चन्द्रमा देखिने बित्तिकै मनाउने प्रचलन छ ।

यो पर्व सुर्य अर्थात शक्तिको उपासनाको लागि गर्ने गरिएको लक्ष्मीमान चौधरीले जानकारी दिए ।किम्वदन्ती अनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसँग जोडेर यो पर्वलाई मनाउने चलन छ ।

थारु राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको बताइएको छ ।यसै अवसरमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश सरकारले थारुहरुको पर्व अट्वारीका अवसरमा सार्वजनिक विदा दिएको छ । प्रदेश ५ मा भने दाङ, बाँके र बर्दियामा मात्र विदा दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu