सुनको मुल्य ५ सय बढ्यो
काठमाडौं, १७ भदौ । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ ।
सोमबार छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार ५ सय रुपैयाँले बढेर तोलामा ७२ हजार ५ सय मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी आज तेजावी सुन ७२ हजार २ सयमा काराेबार भएकाे छ । यस्तै चाँदी तोलामा रु ८९५ मा कारोबार भएको छ । हिजो चाँदी रु ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।