कपिलवस्तुमा नदीमा डुबेर बेपत्ता भएका तिनै जनाको शव भेटियो
कपिलवस्तु, १७ भदौ । जिल्लाको शुद्धोधन गाउँपालिका स्थित सन्तघाट नदीमा डुबेर बेपत्ता भएका तिनै जनाको शव फेला परेको छ ।
हिजो शुद्धोधन गाउँपालिका- ६, बेलभरिया पूर्वको सन्तघाट नदीमा स्थानीय कमलेश कोहारकी श्रीमती २५ वर्षीया तारामती कहाँर, बेचन प्रसाद कहारका १५ वर्षीया छोरी तारा कहाँर र घनश्याम रैदासका ८ वर्षीया छोरी खुस्बु रैदास बेपत्ता भएका थिए ।
बेपत्ता भएका मध्ये तारा काेहारकाे शव आज बिहान फेला परेकाे थियो l अन्य २ जना तारामती कहाँर र खुस्बु रैदासको शव केहि समय अगाडी फेला परेको प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए ।