Connect with us
Kapilvast Forest

गाडीको झ्यालबाट फोहोर फाले ५ हजार जरिवाना

२०७६, १८ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । बसको झ्यालबाट सडकमा फोहर फाल्दै हुनुहुन्छ ? त्यस्तो नगर्नुस् है, कारबाहीमा परिएला । सरकारले सार्वजनिक यातायात तथा अन्य सवारी साधनबाट सडकमा फोहोर फाल्नेलाई ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी गरेको छ ।

सरकारले बसबाट सडकमा फोहोर फाल्ने, असभ्य तथा अर्मादित भाषा प्रयोग, नक्कली परिचय पत्र देखाउने र जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवहार गनेलाई कारबाहीको योजना बनाएको हो । त्यसको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय संसदम विधेयक दर्ता गरिसकेको छ । विधेयक अहिले राष्ट्रियसभामा छलफलको क्रममा छ ।

विवधेयकको दफा १५ को (क) मा नक्कली परिचयपत्र देखाउनेलाई पनि कारबाही हुने उल्लेख छ । विधेयकको दफा १५ सार्वजनिक यातायात को (ङ) मा बसबाट सडकमा फोहर फान्ृलाई १ देखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने उल्ल्ेख गरिएको छ । त्यस्तै का चालक र सहचालकले यात्रुललाई अमर्यारिद भाषा प्रयोग गरे १ देखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

विधेयकमा प्राधिकरणको काम कारबाही काठमाडौं उपत्यका सार्वजनिक यातायात परिषदमार्फत गरिने व्यवस्था छ । परिषद्को अध्यक्ष काठमाडौं र उपाध्यक्षमा ललिपुर महानगरपालिका प्रमुख हुने प्रावधान राखिएको छ । भक्तपुर नगरपालिकाका प्रमुखलाई सदस्य राखिएको छ । परिषद् सदस्यमा मन्त्राललयका सहसचिव, सडक विभागका महानिर्देशक वा उनले तोकेका राजपत्राकिंत प्रथम श्रेष्ठका कर्मचारी, प्रदेश सरकारका यातायात सम्बन्धी बिषय हेर्ने सहसचिव, महानगरीय ट्राफिक महाशमखाका प्रमुख वा उनले तोकेको कम्तीमा प्रहरी उपरीक्षक लगायत रहने उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu